देशभर मनसुनी वायुको प्रभाव: विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिक बादलग्रस्त मौसम छ। यतिबेला कोशी प्रदेशका केही स्थानहरूका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादलग्रस्त मौसम रहनेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)