पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज
ratopati.com · Thu Aug 27 00:44:20 GMT 2026

काठमाडौँ । पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह उपचारपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट डिस्चार्ज भएकी छिन् । अस्वस्थ भएपछि शाह आइतबार नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत थिइन् ।
नर्भिक अस्पतालमा चिकित्सक तथा नर्सहरूले विशेष उपचार र स्वास्थ्य निगरानी गरेका थिए । स्वास्थ्यमा सुधार भएपछि उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)