पूर्वमुख्यमन्त्री शर्माको अवरोधपछि बस्न सकेन कर्णाली प्रदेशसभा
ratopati.com · Wed Sep 02 11:00:44 GMT 2026

सुर्खेत । पूर्वमुख्यमन्त्री राजकुमार शर्माको अवरोध पश्चात् १५ मिनेटका लागि स्थगित कर्णाली प्रदेशसभाको बैठक पुनः बस्न सकेको छैन । शर्माले साउन १२ गते आफूले प्रदेश सभामा दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदनमा अवरोध गरेका थिए ।
कर्णालीको आर्थिक समृद्धि र रोजगारीसँग जोडेर शर्माले ‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएका छन्, जुन उनी मुख्यमन्त्री हुँदा ल्याएको वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रम अन्तर्गत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)