बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री ताकाइची
nepalviews.com · Thu Aug 27 01:15:55 GMT 2026

काठमाडौं । नेपालमा हालै आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा परी ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले बताएकी छन्।
सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री ताकाइचीले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्। स्थानीय सञ्चारमाध्यमबाट ५ जापानी नागरिक बेपत्ता भएको खबर प्राप्त भएपछि नेपालस्थित जापानी दूतावासले उनीहरूसँग सम्पर्कको निरन्तर प्रयास गरिरहेको तर हालसम्म सफल हुन नसकेको उनले जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)