त्रिशूली नदी किनारमा १८ शव फेला
gorkhapatraonline.com · Thu Aug 27 01:23:25 GMT 2026

रसुवाबाट आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन् । बुधबार बिहानदेखि त्रिशूली नदी किनारमा १८ वटा शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार बुधबार दिउँसो २ः३० बजेदेखि स्थानीयवासीमार्फत खबर प्राप्त भएपछि जिल्लाका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको थियो । बिहीबार बिहान ६ बजेसम्म गण्डकी गाउँपालिका–८, धवादीघाटस्थित त्रिशूली नदी किनारमा एउटा खुट्टा नभएको पुरुषको शवसहित अन्य छ जनाको शव फेला परेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)