अकल्पनीय बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा अंगभङ्ग भएका ६४ शव संकलन
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन् । भेटिएका शव सग्लो र शरीरका अङ्गहरू मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
उनका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ । जिल्लास्थित तीन ओटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम शुरू गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)