गोसाइँकुण्ड जाँदै गरेको धादिङको बस बेत्रावतीबाट सम्पर्कविहीन
annapurnapost.com · Thu Aug 27 01:30:14 GMT 2026

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषबाट गोसाइँकुण्डका लागि बुधबार बिहान छुटेको यात्रुवाहक बस रसुवाको बेत्रावती क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको छ।
साङ्कोष निवासी छविलाल श्रेष्ठले चलाएको बा ५ ख १२५० नम्बरको बस बिहान करिब ६ बजे धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ रिजर्भमा गएको थियो। बसमा चालकसहित २६ जना सवार रहेको बताइएको छ। बसमा नीलकण्ठ नगरपालिका–३, ९ र १२ तथा सिद्धलेक गाउँपालिका–१ का स्थानीय रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)