नौ जिल्लाका सडकमा बाढीको असर, सवारी सञ्चालनमा रोक
gorkhapatraonline.com · Thu Aug 27 01:44:28 GMT 2026

बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँसहित नौ जिल्लाका विभिन्न सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको वा निश्चित समयका लागि सञ्चालनमा रोक लगाइएको छ ।
काठमाडौँको नागढुंगादेखि मुग्लिन सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । इलामको इलाम नगरपालिका–९ स्थित राजदुवाली झापादेखि ताप्लेजुङ जाने सडकखण्डमा पनि अत्यधिक वर्षाका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त सडकखण्डका लागि वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)