डीएसपी सुवास हमाल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
nepalnews.com · Thu Aug 27 02:08:47 GMT 2026

सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक सुवास हमाललाई २०८३ साल साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
प्रहरी नायव उपरीक्षक हमालले आफ्नो पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च मनोबल, साहस, व्यावसायिकता र कर्तव्यनिष्ठाका साथ उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)