खतराको तह पार गरेको देखाउन नपाउँदै एक्कासी बगे रसुवागढीदेखि धादिङ मलेखुसम्मका जलापन केन्द्र
techpana.com · Thu Aug 27 02:00:04 GMT 2026

काठमाडौं । छिमेकी मुलुक चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालका महत्वपूर्ण चारवटा जलमापन केन्द्रहरू बगाएको छ । २०८३ भदौ १० गते बुधबार बिहान आएको यो विनाशकारी बाढीको बहाव यति तीव्र थियो कि रसुवादेखि धादिङको मलेखुसम्मका स्टेसनहरूले खतराको तह रेकर्ड गर्न नपाउँदै नदीमा बिलिन भएका हुन् ।
बाढी आउनुअघि बिहान ८:३७ बजे खानी तथा भूगर्भ विभागले ४.४ रेक्टर स्केलको भूकम्प गएको मापन गरेको थियो । त्यसको केही समयमै भोटेकोशी र त्रिशूली नदी प्रणालीमा जलस्तर अस्वाभाविक रूपमा बढ्न थालेको प्राविधिक प्रतिवेदनले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)