बाढीपीडितका लागि नेपाललाई अमेरिकाले ५ लाख डलर सहयोग गर्ने
lokaantar.com

नेपालमा गएको विनाशकारी बाढीपछि अमेरिकाले मानवीय सहायता स्वरूप ५ लाख डलर आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा सहयोग र राहत पुर्याउन एक 'डिजास्टर असिस्टेन्स रेस्पोन्स एडभाइजर'लाई पनि प्रभावित क्षेत्रतर्फ पठाउँदै गरेको जनाएको हो ।
विदेश मन्त्रालयका अनुसार यो मानवीय सहायता 'क्याथोलिक रिलिफ सर्भिसेज' सँगको ग्लोबल अवार्डमार्फत प्रदान गरिनेछ, जसले बाढी प्रभावित समुदायहरूलाई आपत्कालीन आश्रयस्थल (शेल्टर), राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सेवाहरू उपलब्ध गराउन सहयोग गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)