पृथ्वी राजमार्गको गल्छी–गजुरी सडकका विभिन्न क्षेत्र लेदोले भरियो, दिउँसोसम्म खुलाउने तयारी
corporatenepal.com · Thu Aug 27 02:18:46 GMT 2026

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन जोड्ने पृथ्वी राजमार्गअन्तर्गत गल्छी–गजुरी खण्ड बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्म करिब १३ किलोमिटर सडकमा बाढीले थुपारेको लेदो हटाउने काम भइरहेको छ।
लेदो पन्छाउन बुधबार रातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ। राति वर्षा भएपछि केही समय काम प्रभावित भए पनि बिहीबार बिहानैदेखि उपकरण परिचालन गरी सडक खुलाउने कामलाई तीव्रता दिइएको विभागले जनाएको छ। मुग्लिन–गलौंदी र काठमाडौं–बैरेनी खण्ड भने सञ्चालनमा रहेको छ। थप वर्षा वा अन्य समस्या नआए बिहीबार दिउँसोसम्म गल्छी–गजुरी खण्डसमेत सञ्चालनमा ल्याउने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)