विनाशकारी बाढीले सडकमा व्यापक क्षति, कहाँ कति क्षति ?
lokaantar.com

बुधबार चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गसहित धादिङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्डमा व्यापक क्षति पुगेको छ । सडक विभागका अनुसार केही सडक खण्ड सञ्चालनमा आए पनि धेरै स्थानमा बाढीले बगाएर ल्याएको ढुंगा, माटो, काठ तथा अन्य सामग्री थुप्रिएका कारण यातायात प्रभावित भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत गलौदी–मुग्लिङ सडक खण्ड भने पूर्णरूपमा सञ्चालनमा रहेको छ । तर बैरेनी–गलौदी खण्डको चनौटे आसपास २३ किलोमिटर ७०० मिटरदेखि ३६ किलोमिटर ७०० मिटरसम्मको क्षेत्रमा बाढीको ठूलो असर परेको छ । विभिन्न स्थानमा ठूलो मात्रामा बाढीको गेग्रान तथा हिलो जमेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)