त्रिशूली नदीमा नौ शव फेला
gorkhapatraonline.com · Thu Aug 27 02:31:30 GMT 2026

त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका नौ वटा शव फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजिपदेखि देवघाट गाउँपालिका–५ स्थित देवघाटधामसम्मको त्रिशूली नदी क्षेत्रबाट ती शव फेला परेका हुन् ।
भदौ १० गते नदीमा तैरिरहेको तथा अड्किएको अवस्थामा फेला परेका ती शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षण तथा पहिचानका लागि गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ । फेला परेका सबै शवको हालसम्म पहिचान हुन सकेको छैन । शवको पहिचानका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)