विनाशकारी बाढीपछि यस्तो छ प्रभावित क्षेत्रको सडकको अवस्था
ratopati.com · Thu Aug 27 02:37:12 GMT 2026

काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढी र पहिरोका कारण पृथ्वी राजमार्गसहित धादिङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्डहरूमा ठुलो क्षति पुगेको छ। सडक विभागका अनुसार बाढीले बगाएर ल्याएको ढुङ्गा, माटो, रुख र गेग्रान सडकमा थुप्रिएका कारण यातायात सेवा नराम्ररी प्रभावित भएको छ। केही स्थानमा सडक सञ्चालनमा आए पनि धेरैजसो क्षेत्रमा आवतजावत ठप्प रहेको छ।
सडक विभागको पछिल्लो विवरण अनुसार पृथ्वी राजमार्गको गलौदी–मुग्लिङ खण्ड सञ्चालनमा रहे तापनि बैरेनी–गलौदी खण्डको चनौटे आसपासमा बाढीको भीषण असर देखिएको छ। सो क्षेत्रको करिब १३ किलोमिटर सडकमा विभिन्न ठाउँमा २ देखि ३ मिटर उचाइसम्म गेग्रान र लेदो थुप्रिएको छ। विशेषगरी २३ किलोमिटरदेखि ३६ किलोमिटर क्षेत्रका विभिन्न भागमा ठुला ढुङ्गा र उखेलिएका रुखहरूले सडक ढाकेका छन्। सडक विभागले आज रातिका लागि गेग्रान हटाउने काम रोकेको र भोलि बिहानैदेखि पुनः काम सुरु गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)