बडीमालिका मुख्य पूजासहित मेला
barnanmedia.com · Thu Aug 27 02:32:36 GMT 2026

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला सुरु भएको छ । यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने परम्परा छ ।
बडीमालिकामा मुख्य मेला आज भए पनि दर्शनार्थीहरुको चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि पूजा प्रारम्भ गरिएको बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)