२० वटा हेलिकोप्टर तयारी अवस्थामा, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन
rajdhanidaily.com · Thu Aug 27 03:00:27 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोर्डिनेसन सेन्टर (आरसीसी) मार्फत आज बिहान ६ः३० बजेदेखि नै बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि तत्काल परिचालन गर्न सकिने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् । बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित छन् ।
प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय, तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिने जनाइएको छ । सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने निर्देशनअनुसार हेलिकोप्टरहरू परिचालन गरिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)