रसुवा बाढी अपडेट: नेपाली सेनाद्वारा १७७ जनाको उद्धार
annapurnapost.com · Thu Aug 27 03:26:32 GMT 2026

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज, उद्धारका क्रममा नेपाली सेनाले हाल सम्म हवाई तथा जमिनी मार्गबाट गरी कुल १७७ जनाको सफल उद्धार गरेकाे छ । नेपाली सेनाका अनुसार बाढीबाट प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्य जारी रहदा आज (भाद्र ११ गते) बिहान ८:०० बजेसम्म १७७ जनाको सफल उद्धार भएकाे हाे ।
उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले ५ वटा हेलिकप्टर परिचालन गरेको छ। हवाई साधनमार्फत हालसम्म ११४ जनाको उद्धार गरिएको छ, जसमध्ये भाद्र १० गते ९७ जना तथा आज बिहान मैलुङ टनेलबाट ३ र टिमुरेबाट १४ जना रहेका छन्। यस्तै, जमिनी मार्गबाट ६३ जनाको उद्धार गरिएको छ। रातभर सेनाका ११ वटा विशेष टोलीले जमिनी उद्धार कार्यलाई निरन्तरता दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)