होर्मुज जलमार्गबाट सैन्य जहाजलाई प्रवेश नदिने इरान–ओमानबीच सहमति
kendrabindu.com · Thu Aug 27 03:35:24 GMT 2026

तेहरान । इरान र ओमानबीच होर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापनका लागि एक नयाँ फ्रेमवर्कमा सहमति भएको छ । नयाँ प्रस्ताव अनुसार यस जलमार्गबाट कुनै पनि सैन्य जहाजहरूलाई आवतजावत गर्न नदिइने इरानका उप–विदेशमन्त्री काजिम गरिबाबादीले जनाएका छन् ।
मध्यपूर्वमा इरान युद्ध सुरु भएको करिब ६ महिना पुग्नै लाग्दा बन्द प्रायः रहेको सो जलमार्गमा व्यावसायिक जहाजको आवागमन सुचारु गर्ने विषयमा दुवै देशका उच्च कूटनीतिज्ञहरूबीच भएको छलफलपछि उक्त प्रगति भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)