प्राविधिक प्रतिवेदन: तिब्बतमा ताल फुट्दा २ करोड घनमिटर अतिरिक्त पानी बग्यो, कति बेला के भयो?
clickmandu.com · Thu Aug 27 03:39:46 GMT 2026

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार रसुवाको टेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा रसुवाको भोटेकोशी हुँदै नारायणीसम्म ठूलो विनाश भएको हो ।
बाढीका कारण नदी तटीय क्षेत्रका ४ वटा स्वचालित जलमापन केन्द्रहरू (रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती र धादिङको मलेखु) बाढीले बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)