बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
barnanmedia.com · Thu Aug 27 03:26:28 GMT 2026

काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा परी ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले बताएकी छन्।
सामाजिक सञ्जाल एक्समार्फत ताकाइचीले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्। उनले भनेकी छन्, ‘स्थानीय सञ्चारमाध्यमले ५ जना जापानी नागरिक बेपत्ता भएको खबर सम्प्रेषण गरेका छन्, जसले मलाई गहिरो चिन्तामा पारेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)