शुद्ध बोल्ने लेख्ने अभियानको निरन्तरता
gorkhapatraonline.com · Thu Aug 27 03:42:01 GMT 2026

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सुरुवात गरेको ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियानलाई विभिन्न जिल्लामा पु-याइएको छ । गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध, सरल, स्पष्ट र मर्यादित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान पर्वत र बागलुङ पुगेको हो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले भाषिक शुद्धीकरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भाषा, कला, साहित्य, संस्कृति तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यव्रmम अघि बढाइएको छ ।” कुलपति न्यौपानेले प्रतिष्ठानका अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय तह, प्रशासन, शैक्षिक संस्था र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)