नवलपुरमा ३१ शव र मानव अंग फेला
gorkhapatraonline.com · Thu Aug 27 03:46:34 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ३१ वटा शव तथा मानव अंग नवलपुरको नारायणी नदीको तटीय क्षेत्रमा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हालसम्म १४ पुरुष, ६ महिला, चार बालिका र एक बालकका शव तथा छ वटा मानव अंग फेला परेका छन्।
फेला परेका शवमध्ये गैँडाकोट नगरपालिकामा २६, देवचुली नगरपालिकामा तीन र मध्यविन्दु नगरपालिकामा दुई वटा छन्। तीमध्ये २६ वटा शव गैँडाकोट नगर अस्पतालमा राखिएको छ भने पाँच वटा शव नारायणी नदी किनारमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)