हाइटीमा ग्याङ आक्रमणमा मृतकको संख्या ४७ पुग्यो
kendrabindu.com · Thu Aug 27 03:45:56 GMT 2026

काठमाडौं । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सनजिकैको केन्सकोफ सहरमा आपराधिक गिरोहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या कम्तीमा ४७ पुगेको संयुक्त राष्ट्रसंघ (यूएन)ले जनाएको छ ।
घटनामा ५० भन्दा बढी मानिस अपहरणमा परेका छन् । अन्य २२ जना गम्भीर घाइते भएका छन् । यो घटना एक दशकभन्दा बढी समयपछि पहिलोपटक आमनिर्वाचन गराउने तयारी भइरहेको हाइटीमा पछिल्ला वर्षहरूमा भएका ठूला सामूहिक अपहरणका घटनामध्ये एक मानिएको अलजजिराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)