अहिलेसम्म ११४ बाढीपीडितको उद्धार गरेको नेपाली सेनाको दाबी
kendrabindu.com · Thu Aug 27 03:50:27 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीबाट पीडितहरूको उद्धारमा नेपाली सेनाका ५ वटा हेलिकप्टर खटिरहेका छन्। आज बिहान ८ बजेसम्म ११४ (भाद्र १० गते ९७, आज बिहान मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४) जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धारमा २ हजार भन्दा बढी फौज खटिरहेका छन्। उनीहरूले खोज/उद्धार तथा राहत वितरण गरिरहेका छन्। रातभर नेपाली सेनाका ११ वटा टिमले जमिनी उद्धार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)