सिंहदरबारमा सर्वदलीय बैठक जारी, विपद् व्यवस्थापनबारे छलफल
nepalviews.com · Thu Aug 27 04:12:12 GMT 2026

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा रास्वपाको संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ ।
बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलगायत सहभागी छन्। यस्तै जसपा नेपालका महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)