विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
swasthyakhabar.com · Thu Aug 27 04:16:03 GMT 2026

काठमाडौं — विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ।
केन्द्रले क्लोरीन झोल वा ट्याबलेट प्रयोग गरेर अथवा उमालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरेको छ। शुद्धीकरण गरिएको पानी सफा भाँडामा छोपेर राख्न तथा पानी निकाल्ने भाँडासमेत सधैं सफा राख्न भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)