सिंहदरबारमा सर्वदलीय बैठक
saralpatrika.com · Thu Aug 27 04:23:00 GMT 2026

काठमाडौँ। भोटेकोशीमा बुधबार बिहान अचानक आएको बाढीका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ। बैठक सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएका हुन्। बैकठसिंहदरबारस्थित रास्वपाकै संसदीय दलको कार्यालयमा भइरहेको छ।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, अग्रगामी मोर्चाका महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)