टीकापुरका थुप्रै व्यक्ति अझै सम्पर्कविहीन
annapurnapost.com · Thu Aug 27 04:18:32 GMT 2026

टीकापुर : रसुवामा आएको बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जनाभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये धेरैजसो त्यहाँ जलविद्युत् गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ। स्थानीयहरूलाई त्यहाँ लैजाने एक ठेकेदार तुलाराम चौधरीका अनुसार उनका ३० जना कामदार सुरुङभित्रै फसेका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको उनले बताए।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरूका अनुसार कामको क्रममा रसुवा पुगेकाहरूको विवरण संकलन सुरु गरिएको छ। उनले वडाध्यक्षहरूमार्फत विवरण संकलन भइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)