क्यानडाका प्रधानमन्त्री भने-‘नेपालको भोटेकोशीको बाढी अत्यन्त विनाशकारी, आवश्यक सहयोग गछौं’
bishowkhabar.com · Thu Aug 27 04:30:49 GMT 2026

काठमाडौं -क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीलाई ‘अत्यन्त विनाशकारी’ भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।यस संकटको घडीमा क्यानेडियाली जनता नेपालीहरूको साथमा रहेको उल्लेख गर्दै उनले क्यानडा आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्नीले बाढीबाट प्रभावितहरूप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गरेका हुन्। प्रधानमन्त्री कार्नीले विपद्मा परेका, आफ्ना प्रियजन गुमाएका र बेपत्ता आफन्तको पर्खाइमा रहेका सम्पूर्ण परिवारजनप्रति क्यानाडाली नागरिकहरूको तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)