तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
gorkhapatraonline.com · Thu Aug 27 04:45:11 GMT 2026

चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।
बुधबार बिहान सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ । निगरानी भिडियोमा धेरै मानिस ज्यान जोगाउन भागिरहेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)