रसुवा बाढीमा परी कैलाश मानसरोवर यात्रामा रहेका २६ विदेशी पर्यटक र ५ नेपाली गाइड बेपत्ता
clickmandu.com · Thu Aug 27 04:49:30 GMT 2026

एजेन्सी । काठमाडौंस्थित पर्यटकीय कम्पनी कैलाश जर्नी मार्फत यात्रामा निस्किएका २६ जना विदेशी पर्यटक र ५ जना नेपाली गाइड रसुवाको भीषण बाढीमा परी बेपत्ता भएको सीएनएनले समाचार प्रकाशन गरेको छ ।
कम्पनीका नेपाल अपरेशन प्रमुख सुजन वस्तीले सीएनएनलाई दिएको जानकारी अनुसार, उक्त टोली रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने क्रममा थियो । सोही समयमा आएको आकस्मिक बाढीले तटीय क्षेत्रका गाउँ र शहरहरूमा क्षति पुर्याएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)