भौतिकमन्त्री लम्सालसहित बाढी प्रभावित क्षेत्र निरीक्षणमा निस्किए प्रधानमन्त्री
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमेत विदुर गएका हुन् ।
उनीहरू आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन् । हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)