सेनाको हेलिकोप्टरबाट आज १२३ जनाको उद्दार
barnanmedia.com · Thu Aug 27 04:42:25 GMT 2026

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाहरुको खोजी तथा उद्दारलाई आज पनि निरन्तरता दिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान १२३ जना सुरक्षितरुपमा निस्किएका छन् ।
टिमुरे क्षेत्रबाट ९५ जना, हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका ७ जना तथा हराइरहेका २१ जना भारतीय पर्यटकको जीवितै उद्धार गरिएको हो । अन्य टनेलहरूमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)