बाढी पूर्वानुमान महाशाखाको भोटेकोशी बाढी बारेको प्रतिवेदनमा के छ ?
nepalsamaya.com · Thu Aug 27 04:53:32 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे बाढी पूर्वानुमान महाशाखाले तयार पारेको प्राविधिक प्रतिवेदनले बाढीको तीव्रता, फैलावट, नदी प्रणालीमा थपिएको पानीको मात्रा र पूर्वसूचना प्रणालीको प्रभावबारे महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशीमा प्रवेश गरेको बाढी करिब साढे ६ घण्टामा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनको देवघाटसम्म पुगेको थियो। यस क्रममा भोटेकोशीको बाढी त्रिशूली हुँदै नारायणी नदी प्रणालीमा मिसिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)