धनकुटामा छोराको कुटाईबाट ७० वर्षीय बाबुको मृत्यु
kendrabindu.com · Thu Aug 27 04:53:22 GMT 2026

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा छोराले काठको दाउरा (चिरपट) प्रहार गर्दा बुबाको मृत्यु भएको छ। चौबिसे गाउँपालिका–७ ठूलोढुंगाका ७० वर्षीय अमरध्वज लिम्बुलाई उनका ३२ वर्षीय छोरा युवराज लिम्बुले बिहीबार बिहान करिब ५:४५ बजे काठको चिरपटले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
टाउकोमा गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए। घटनापछि प्रहरी बिट मौनाबुधुकमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)