सेनाको हेलिकप्टरबाट १२३ जनाको सकुशल उद्धार [भिडियो]
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित भएका १ सय २३ जनालाई नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा २१ जना भारतीय पर्यटक र ८ जना अन्य विदेशी नागरिकसमेत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)