रसुवाको बाढीमा बेपत्ता १२३ जनाको नेपाली सेनाद्वारा उद्धार
nepalnews.com · Thu Aug 27 05:03:24 GMT 2026

रसुवा । भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा बेपत्ता भएकामध्ये १२३ जनाको नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेको सेनाले जनाएको छ। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याउने तयारी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)