प्रधानमन्त्री शाह र मन्त्री लम्साल सडक मार्ग हुँदै बाढी प्रभावित क्षेत्र प्रस्थान
ratopati.com · Thu Aug 27 05:07:13 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि हिँडेका छन् । प्रधानमन्त्री शाहसँगै बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि त्यसतर्फ गएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिइन् ।
दाहालका अनुसार प्रधानमन्त्री र मन्त्रीसहितको टोली बिहीबार बिहान साढे नौ बजे सडक मार्ग हुँदै बाढी प्रभावित मुख्य नुवाकोटको विदुरतर्फ प्रस्थान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)