बाढीको क्षति : रसुवा, नुवाकोट र धादिङमा ३२ वटा पुल ध्वस्त
arthasansar.com · Thu Aug 27 05:06:37 GMT 2026

रसुवाको भीषण बाढीका कारण देशका मुख्य राजमार्ग तथा सडक सञ्जालमा ठूलो क्षति पुगेको छ । सडक विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण विभिन्न जिल्लाका ३२ वटा साना–ठूला पुलहरू पूर्ण रूपमा बगेका छन् ।
सडक विभागका अनुसार ३ वटा पुलमा आंशिक क्षति पुगेको छ भने अन्य ६ वटा पुलहरू उच्च जोखिमका बीच जोगिएका छन् । बाढीको सबैभन्दा धेरै असर रसुवा, नुवाकोट र धादिङ जिल्लामा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)