टिमुरेबाट ९५ जना नेपाली र २१ जना भारतीयको उद्धार
nagariknews.nagariknetwork.com · Thu Aug 27 05:01:36 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसीमा आएको बाढीबाट सिर्जित विपत्तिको मिलेर सामना गरिरहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले उद्धारको काम सुरु भइसकेको र बिहान ६ः३० बजेदेखि १५ भन्दा बढी उडान भएको बताएका छन्।
नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार भएको प्रधानमन्त्री शाहको भनाइ छ । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)