चिनियाँ दाबी : नेपालतर्फकै हिमपहिरोले क्षति, बाँध भत्किएको हल्ला निराधार
annapurnapost.com · Thu Aug 27 05:14:40 GMT 2026

काठमाडौं : नेपालस्थित चिनियाँ दूतावासले रसुवागढी-केरुङ (ग्याइरोङ) सीमा क्षेत्रमा भएको प्राकृतिक विपत्तिका सम्बन्धमा नेपालमा भ्रामक सुचना फैलिएको दाबी गरेको छ । ती सूचनाहरूलाई 'भ्रामक' (फेक न्यूज) भन्दै दुतावासले स्पष्टीकरण दिएको हो ।
दूतावासले विज्ञप्तिमार्फत चीनतर्फको बाँध (ड्याम) भत्किएर नेपालतर्फ क्षति भएको र चीनले पूर्वसूचना नदिएको भन्ने दाबी अस्वीकार गरेको छ । दूतावासले यस्ता समाचारलाई 'फेक न्यूज' भन्दै खण्डन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)