उद्धारमा खटिएका ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन, चार हजारभन्दा बढी जनशक्ति परिचालन
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी उद्धार तथा राहत कार्यमा खटिएका ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार यसबारे जानकारी दिएको हो।
केन्द्रका प्रमुख फणिन्द्रप्रसाद पौडेलका अनुसार सम्पर्कविहीन हुनेहरूमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना रहेका छन्। अन्य कर्मचारीहरूको पनि विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ। राहत वितरण र सञ्चार सम्पर्क स्थापित गर्न खटिएका जनशक्ति नै बेपत्ता हुँदा उद्धार कार्यमा केही कठिनाइ थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)