गणेश नेपाली आत्मदाह प्रकरण: सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति
newsofnepal.com · Mon Jul 13 00:36:12 GMT 2026

काठमाडौँ।
मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रकरणमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच विभिन्न ९ बुँदे सहमति भएको छ । त्रिपुरेश्वरको राहदानी विभाग बाहिर नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।९ बुँदे सहमतिमा घटनाको सत्यतथ्य छानबिन, पीडित परिवारलाई राहत तथा मृतकका आश्रितको व्यवस्थापनलगायत विषयमा सहमति भएको हो । सहमतिअनुसार घटनाको निष्पक्ष अनुसन्धानका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)