बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
ratopati.com · Mon Jul 13 00:58:59 GMT 2026

काठमाडौँ । बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा कुनै समस्या भएमा उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आह्वान गरेको छ।
केही बीमक, बीमकका कर्मचारी तथा सर्भेयरले बीमासम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा प्राधिकरणमा विभिन्न गुनासाहरू प्राप्त भइरहेका छन्। यसै सन्दर्भलाई ध्यानमा राख्दै प्राधिकरणले कारबाहीका लागि प्रमाणसहित उजुरी पेश गर्न सार्वजनिक सूचना जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)