मर्स्याङ्दीको २२० केभी प्रसारण लाइनको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट चार्ज
clickmandu.com · Mon Jul 13 01:21:13 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको विशेष पहल, नेपाल विद्युत् प्राधिकरणको सक्रिय कार्यान्वयन तथा सरोकारवाला निकायहरूको समन्वयबाट मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट मिति २०८३ असार २५ गते राति १०:३५ बजे सफलतापूर्वक नो–लोडमा २२० केभी चार्ज गरी परीक्षण गरिएको थियो। त्यसपछि असार २७ गतेदेखि उक्त सर्किटमार्फत विद्युत् प्रवाह सुरु भई हाल करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ।
मर्स्याङ्दी करिडोर आयोजना मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने उद्देश्यले विकास गरिएको राष्ट्रिय महत्वको आयोजना हो। आयोजनाअन्तर्गत मनाङको धारापानीदेखि लमजुङको खुदी, उदीपुर हुँदै तनहुँको न्यू मर्स्याङ्दी (मार्कीचोक) सबस्टेशन र त्यहाँबाट न्यू भरतपुर सबस्टेशनसम्म २२० केभी प्रसारण पूर्वाधार निर्माण भइरहेको छ। आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १,६०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)