कतारको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका पूर्वअमिर शेख हमदको निधन, दोहामा अन्त्येष्टि
shilapatra.com · Mon Jul 13 01:18:00 GMT 2026

कतारलाई समृद्ध र विश्व प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका पूर्वअमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएपछि आइतबार दोहामा इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
दोहास्थित इमाम मोहम्मद इब्न अब्द अल–वहाब मस्जिदमा साँझको नमाजपछि आयोजित सादा श्रद्धाञ्जली समारोहमा परिवारका सदस्य, उच्च अधिकारी तथा सर्वसाधारण सहभागी भएका थिए । उनका पुत्र तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीले शवलाई अन्तिम बिदाइ दिएका थिए । त्यसपछि उनको शव दोहाको उत्तरमा रहेको लुसाइल कब्रिस्तानमा दफन गरिएको अल जजिरा ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)