आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती
kalakarmi.com · Mon Jul 13 01:23:14 GMT 2026

काठमाडौं- नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देशभर विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइँदै छ ।
वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीराम्घामा जन्मिएका भानुभक्त आचार्यले नेपाली भाषा–साहित्यको विकासमा अतुलनीय योगदान पुर्याएका छन् । संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल र सहज नेपाली भाषामा अनुवाद गरी आम जनतासम्म पुर्याएपछि उनी नेपाली साहित्यका ‘आदिकवि’ का रूपमा स्थापित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)