हिजैदेखि पानी परिरहेको काठमाडौंमा रातिसम्मै वर्षाको सम्भावना
corporatenepal.com · Mon Jul 13 01:24:05 GMT 2026

काठमाडौं । हिजैदेखि पानी परिरहेको काठमाडौँ उपत्यकामा सोमबार बिहानसम्म पनि निरन्तर जारी रहेको मौसमविद्ले जनाएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार सोमबार बिहान करिब ६:२५ बजेसम्म उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
उनका अनुसार आइतबार दिउँसो पहिलोपटक चाँगुनारायण क्षेत्रतर्फ वर्षा सुरु भए पनि रातिको समयमा त्यस क्षेत्रमा खासै पानी परेन। तर काठमाडौँका अन्य धेरै स्थानमा भने रातभर मध्यम वर्षा रेकर्ड भएको छ। पछिल्लो १२ घण्टाको तथ्याङ्कले पनि उपत्यकाका अधिकांश क्षेत्रमा मध्यम वर्षा भएको देखाएको उनले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)