बाघको आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते, उपचार हुँदै
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
काठमाडौँ । कञ्चनपुरको बेलडाँडीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्।
प्रहरीका अनुसार आइतबार बेलुकातिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा घाँस काट्ने क्रममा उपाध्यायमाथि बाघले अचानक आक्रमण गरेको थियो। साथमा रहेका अन्य स्थानीयले होहल्ला गरेपछि बाघ उनलाई छाडेर भागेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)